Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Sunday, September 29, 2019

प्रेममा कानुन हुँदा हुदैन विचलन

प्रेम सुन्दर फूल हो जसको बास्नाले जीवनलाई सुगन्धित पार्दछ । जोवन एउटा भुल हो त्यसको उपेक्षाले जीवनलाई दुर्गन्धित पार्दछ । बगैचामा फूल फुल्दा त्यसको संरक्षणका लागि मालीको खाँचो पर्दछ । मान्छेमा  प्रेम झुल्दा त्यसको संरक्षणका लागि कानूनको आवश्यकता हुन्छ । प्रेम दुई आत्माको मिलन हो अनि दुई परिवारको समायोजन । कानून दुई महात्माको समझदारी हो अनि दुई पक्षको अभियोजन । कानून र अनुशासन बिनाको राज्य अव्यवस्थित हुन्छ । विधान र मिसन बिनाको प्रेम अमर्यादित हुन्छ ।सवै कविता भन्छन अनि कवि बन्छन । म कवि बन्छु अनि कविता भन्छु । सवै प्रेमी बन्छन अनि प्रेम गर्छन ।म प्रेम गर्छु अनि प्रेमी बन्छु । कवि बन्न र कविता भन्न कुनै बन्देज छैन । प्रेमी  बन्न र प्रेम गर्न कुनै छेकबार हैन । त्यसैले त म प्रेम कानुन कविता लेख्दै छु । समाजको वास्तविकतालाई हेर्दै, देख्दै र भोक्दैछु । कानुन बिनाको प्रेम, प्रेमिका बिनाको प्रेमी जस्तो हो । हितयार बिनाको युद्ध, मैदान बिनाको खेल जस्तो हो । म फिराद पत्र दर्ता गराउंदै छु तिम्रो प्रेमको अदालतमा । म सपथ खादै छु तिम्रो इमान्दारिताको बदलामा । प्रेम गर्दा समाजको मर्यादामा आँच पुग्ने कार्य गर्नु हुदैन । प्रेममा धोका पाए भन्दैमा आत्महत्या गरेर मर्नु हुदैन । त्यसैले त प्रेम कानुनको खाँचो छ जुन पीडाले उसको मुटु छुदैन । प्रेममा असफल हुँदैमा कानुनको साहारा पाउने हुँदा मान्छे रुँदैन । प्रेमलाई मर्यादित बनाउनुपर्ने छ त्यसैले प्रेम कानुनको वकालत गरेको हो । जीवनलाई व्यवस्थित बनाउनुपर्ने छ यसैले प्रेममा कानुनको भूमिका खोजेको हो । अहिलेको प्रेममा कानुनी संरक्षणको आवश्यकता छ । अब मलाई प्रेमको ग्यारेन्टी चाहियो ल ! कानुनी बन्देज बिनाको प्रेम रस बिनाको उखुको डाठ जस्तै हो । त्यसैले प्रेम कानुनको माग गरौं आफ्नो प्रेमको सुरक्षा आफै गरौँ । प्रेम र जीवन नङ र मासु जस्तै हुन् । चखेवाको जोडी अनि हाँसो र आँसु जस्तै हुन् । प्रेम जीवन कानुन धड्कन हो । प्रेमलाई कानुनले हान्छ चड्कन भो । यस्तै छ यहाँको चलन । प्रेममा कानुन हुँदा हुदैन विचलन ।

जय कानुन जय प्रेम !
माया जालको खेलौं गेम !!
😭💔😭💔😭💔😭💔😭💔